
काठमाडौं । नेपालले वेस्टइन्डिज (ए)सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि छन् । विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् । आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी
बेन्च– आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख ।