२०८१ वैशाख २६, बुधवार , ०३:३२:५१ बजे

Sajhamanch
'

अर्जुनधारामा आगलागी हुँदा दुई लाख बढीको क्षति

शुक्रवार, वैशाख १४, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिका–८ पिपल चोकस्थित मजनुर महमदको घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ ।

बिहीबार बेलुका ४ बजे उनको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको भुईतले घरमा कोही नभएको अवस्थामा पश्चिम पट्टीको कोठामा विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । उक्त आगलागी स्थानीयबासीको सहयोगमा बेलुका ५ः३० बजे नियन्त्रणमा आएको थियो भने आगलागीबाट कोठामा रहेको सुन एक तोला, नगद भारु ५ हजार, लत्ताकपडा, काठपात समेत जलेर नष्ट हुँदा करिब २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर