
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
बैंगलुरुले भने ८ खेलमा एउटा मत्रै खेल जितेको छ । बैंगलुरु तालिकाको पुछारमा छ । यसअघि हिजोको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको थियो । दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २२० रन मात्र बनाएको थियो ।