२०८१ वैशाख २२, शनिवार , ०६:३८:४९ बजे

Sajhamanch
'

दमकमा लागुऔषधिसहित दुई भारतीयसहित चार जना पक्राउ

बिहिवार, वैशाख १३, २०८१

झापा । झापाको दमक नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार राति दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा लागुऔषध बिक्रीको लागि सञ्चय गरी राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपलिका–९ किराँत चौक घर भई हाल दमक–७ मा बस्दै आएका कमल श्रेष्ठ र दमक–८ बालुवाटारका २९ वर्षीय रुपेश पौडेल र भारत बिहार किशनगञ्ज समीदिन कटलबारी–७ लोहा गाराका २५ वर्षीय अन्जार आलम र सोही स्थानका २७ वर्षीय कमरुल रहेका छन् ।

प्रहरीले उक्त कोठाबाट १२ ग्राम ११० मिलिग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ, नगद २३ हजार ३०० र ४ थान मोबाइल फेला परेको छ । चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कर्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर