
मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् ।
प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको देखिन्छ । डुङ्गा मपोको नदीमा पल्टिएको समाचार संस्था एएफपीले जनाएको छ ।
५८ जनाको शव समुद्रबाट निकालेको कति मानिस हराएका छन् भन्ने एकिन नभएको र खोजी तथा उद्वारको काम भैरहेको बान्गुई सहरका अधिकारीले जनाएका छन् ।