२०८१ वैशाख २०, बिहिवार , ०८:३९:०५ बजे

Sajhamanch
'

कमलका कृषकलाई उत्पादनका आधारमा पालिकाद्वारा प्रोत्साहन अनुदान

शुक्रवार, वैशाख ७, २०८१

कमल । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ ।

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको कृषि विकास शाखाले जनाएको छ ।

बजारमुखी एक समूह, एक सामुहिक तरकारी उत्पादनका आधारमा कृषकलाई पालिकाले प्रोत्साहन अनुदान प्रदान गरेको कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

जस अन्तरगत ५ कठ्ठासम्म खेती गर्ने किसानले प्रतिकठ्ठा १ हजारका दरले ५ हजार रुपैयाँ र सोभन्दा बढी खेती गर्ने किसानलाई प्रति कठ्ठा एक हजार ५०० का दरले चेक मार्फत भुक्तानी गरेको कृषि विकास शाखाका प्रमुख बोहोराले बताए ।

कृषि विकास शाखा मार्फत किसानलाई ५ हजारदेखि २४ हजार ५०० रुपैयाँसम्म प्रोत्साहन अनुदान प्रदान गरेको छ । गाउँपालिका ६६ जना कृषकलाई ४ लाख २७ हजार ५०० रुपैयाँ भुक्तानी गरेको शाखाका प्राविधिक प्रेम पोखरेलले बताए ।

कृषकले उत्पादनका आधारमा पहिलोपटक यसरी रकम पाएका हुन् । आफूले गरेको मेहनतको मूल्याङ्कन भएकोमा आफूलाई निकै खुशी लागेको र यस कार्यक्रमले कृषकलाई धेरै फाइदा हुने कृषक इन्द्रप्रसाद दाहाल बताउँछन् ।

गत आर्थिक वर्षसम्म पालिकाबाट कृषकले मल बिऊ अनुदान पाउने गरेका थियौं तर यस आर्थिक वर्षदेखि चेक मार्फत रकम पाएका छौ यसले आफूजस्ता कृषकलाई धेरै सहज भएको कृषक शुभद्रा रिजालले बताइन् ।

गाउँपालिकाले कृषकको उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण कार्यक्रम ल्याएपछि कृषकमा निकै उत्साह थपिएको छ । यसले व्यवसायिक कृषकलाई पालिकासँग जोड्ने माध्यमसमेत बनेको छ ।

सम्बन्धित खबर