
युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।
यूएईमा केहि दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ ।
पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।