नयाँ दिल्ली। लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ ।
महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू पनि पहिलो चरणमा समावेश गरिएका छन् भने पहिलो चरणमा जम्मु कश्मीरको उधमपुर लोकसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। निर्वाचन अधिकृतका अनुसार यहाँ ६ सय ५४ मतदान केन्द्र रहेका छन् ।
मौसमलाई ध्यानमा राखी देशैभरीका मतदानमा भाग लिने राजनीतिक दल र मतदाताका लागि आवश्यक व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।
यी बाहेक पहिलो चरणमा निर्वाचन हुने महत्वपूर्ण सिटहरूमा नागपुर, कन्याकुमारी, चेन्नई सेन्ट्रल, मुजफ्फरनगर, सहारनपुर, कैराना, पिलीभीत, डिब्रुगढ, जोरहाट, जयपुर, छिन्दवाड़ा, जमुई, बस्तर, नैनीताल र लक्षद्वीप आदि पर्छन्।
धर्मको सहर भनिने हरिद्वार सिटमा पनि पहिलो चरणमा लोकसभा चुनाव हुन लागेको छ भने पहिलो चरणमा असममा पाँच सिटमा चुनाव हुँदैछ, जसका लागि यहाँ १०,००० मतदान केन्द्रहरू बनाइएको छ। जसमध्ये २ सय १९ मतदान केन्द्र गम्भीर मानिएका छन् । करिब ५ हजार ५ सय मतदान केन्द्रमा वेब कास्टिङको व्यवस्था गरिएको छ भने ११ हजार क्यामेरा जडान गरिएको छ ।