२०८१ वैशाख १९, बुधवार , १०:३७:३१ बजे

Sajhamanch
'

पाथीभरा क्षेत्रमा मदिरामा प्रतिबन्ध

शुक्रवार, वैशाख ७, २०८१

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार र होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

समितिका अनुसार तीर्थयात्रीको स्वास्थ्य र सुरक्षालाई ख्याल गर्दै मदिरालाई निषेध गरिएको हो ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार तथा बिक्री वितरणलाई पूर्णरूपमा निषेध गरिएसँगै यसको प्रभावकारी अनुगमन र कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको समितिले जनाएको छ ।

सम्बन्धित खबर