२०८१ वैशाख १९, बुधवार , ०३:४२:३६ बजे

Sajhamanch
'

पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदै

बिहिवार, वैशाख ६, २०८१
काठमाडौं । पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल आज बेलुका सवा ७ बजे रावलपिन्डीमा शुरु हुनेछ । पाकिस्तान र न्युजिल्याण्डबीच पाँच खेलको टी–२० शृङ्खला हुन लागेको हो ।
दोस्रो खेल पर्सि शनिवार र तेस्रो खेल आइतवार रावलपिन्डीमै हुनेछ । चौथो खेल अप्रिल २५ तारिखमा र पाँचौ खेल २७  तारिखमा लाहोरको गद्दाफी स्टेडियममा हुने पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।
गएको फेब्रुअरीमा न्युजिल्यान्डको सुरक्षा विश्लेषण टोलीले पाकिस्तानको भ्रमण गरेपछि खेलको तालिका पक्का भएको थियो । पाकिस्तानसँग शृङ्खला खेल्ने भएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा न्युजिल्यान्डका खेलाडीले केही खेल गुमाउँदैछन्।
यो सिजनका लागि ड्यारेल मिचेल, मिचेल सान्टनर, केन विलियम्सन, रचिन रविन्द्र, ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्स र लकी फोर्गुसन लगायतका खेलाडी आईपीएलका विभिन्न टोलीमा अनुबन्धित छन् ।

सम्बन्धित खबर