२०८१ वैशाख १९, बुधवार , ०३:४२:३५ बजे

Sajhamanch
'

सुदूरपश्चिममा नेकपा एसकै सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार

बिहिवार, वैशाख ६, २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्रीमा समर्थन गर्न नेकपा एमाले तयार भएको छ। एमाले तयार भएसँगै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन्।

एमालेले समर्थन नगरे कांग्रेसको समर्थन जुटाएर मुख्यमन्त्री बन्ने तयारी सोडारीले गरेका थिए। त्यसबाट झस्केको एमाले अन्ततस् सोडारीलाई समर्थन दिन बाध्य भएको हो। सोडारी विवादित पात्र भएकाले उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान एमालेले लिएको थियो।

प्रदेश प्रमुख नाजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक दिएको समयसीमा अहिले साँझ ५ बजे सकिँदै छ।

सम्बन्धित खबर