२०८१ वैशाख १९, बुधवार , ०४:३९:३८ बजे

Sajhamanch
'

मकवानपुरमा १५० किलो गाँजासहित ७ जना पक्राउ

बुधवार, वैशाख ५, २०८१

मकवानपुर । मकवानपुरमा १५० किलो गाँजासहित सातजना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुईजना किशोर छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर