२०८१ मंसिर १३, बिहिवार , ११:१६:३१ बजे

Sajhamanch
'

शिक्षा मन्त्रालयले कार्यान्वयनमा ल्यायो कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड २०८० कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवम् अनुगमनयोग्य रूपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन मापदण्ड ल्याएको मन्त्रालयले जनाएको छ ।

गएको चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत मापदण्डलाई मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्दै कार्यान्वयनमा ल्याएको हो । माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोक सेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

सम्बन्धित खबर