![](https://sajhamanch.com/wp-content/uploads/2023/10/petrol-disel-pump-petrolium-noc-oil.jpg)
काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको हो ।
अब पेट्रोल प्रतिलिटर १७८, डिजल र मट्टीतेल प्रतिलिटर १६१ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि १७७ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्ग अन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।