२०८२ मंसिर १३, शुक्रवार , ११:५७:५६ बजे

Sajhamanch
'

यी प्रदेशमा आज पनि वर्षा

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२
आजको मौसम
बिहिवार, मंसिर १२, २०८२