२०८१ फागुन ११, आइतवार , ०४:४१:४१ बजे

Sajhamanch
'

मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को यूथ पिस एम्बेसडर अवार्ड

सोमवार, वैशाख ३, २०८१

लस एन्जलस । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को यूथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ । अमेरिकाको लसएन्जल्समा आयोजित १८ औँ युनेस्को यूथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको विशेष समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा विश्वभर यूथ युनेस्को क्लब, युएसए, अमेरिकी युनिभर्सिटी सोभर नेशनलगायतका संस्थाले संयुक्त रूपमा सन् २०२४/०२५ का लागि अवार्ड प्रदान गरेका हुन ।

मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाबापत अवार्ड प्रदान गरिएको अमेरिकी युनिभर्सिटी सोभर नेशन युएसएका अध्यक्ष प्रा.ड्यालरले बताए । सन् २०११ देखि दिन थालिएको यो अवार्ड हाल सम्म विभिन्न देशका ६५ व्यक्तिलाई दिइसकिएको छ ।

यो अवार्डसँगै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चहरू पाउने यूथ युनेस्को क्लब युएसएका अध्यक्ष रिमेश खनालले बताए । बस्नेतलाई यस पटक मिडियामा युवा र शान्ति विधाबाट छनोट गरिएको हो । रिपोर्टर हुँदै मिडिया म्यानेजर बनेका बस्नेत विगत १७ वर्षदेखि मिडियामा आबद्ध छन् ।

सम्बन्धित खबर