२०८२ मंसिर १३, शुक्रवार , ११:५७:४७ बजे

Sajhamanch
'

तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो।बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्याह्नपछि हावाहुरीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२
आजको मौसम
बिहिवार, मंसिर १२, २०८२