
काठमाडौं । यस वर्ष देशभरका ७७ वटै जिल्लामा एक करोड २० लाख थान पाठ्यपुस्तक वितरण भएको छ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघिल्लो शैक्षिक सत्रमा एक करोड ३३ लाख पाठ्यपुस्तक वितरण गरेको थियो।
पुस्तक ७७ जिल्लामा पुगेका भएपनि छुटेका विद्यालय र वितरण केन्द्रलाई सम्पर्कगर्न भनिरहेको लिमिटेडका प्रबन्धक अनिलकुमार झाले जानकारी दिए।
‘गत वर्ष भन्दा बढी पुस्तक बिक्री भएका छन्, ‘उनले भने, ‘५५ लाख थान पुस्तक अझै बाँकी छ।’
उनका अनुसार अघिल्लो वर्षमा केही पाठ्यपुस्तक परिवर्तन भएकाले पनि धेरै पाठ्यपुस्तक बिक्री भएको हो। यसवर्ष कुनैपनि पाठ्यपुस्तक परिवर्तन भएको छैन। आज (वैशाख २) गतेदेखि देशभरका सामुदायिक विद्यालयमा भर्ना खुलेका छन्।
नयाँ शैक्षिक सत्र २०८१ का लागि चैत ९ गतेदेखि नै सातै प्रदेशका ९ वटा शाखाबाट पाठ्यपुस्तक विक्रि-वितरण खुल्ला गरिएको थियो।१ हजार २६६ बिक्रेताले ती केन्द्रबाट गाउँ-गाउँमा किताब पुर्याउँछ।