२०८१ पौष २५, बिहिवार , ०२:२१:४४ बजे

Sajhamanch
'

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानको कराँचीमा १९ जनाको ज्यान गयो

शुक्रवार, चैत ३०, २०८०

रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा लुटपाटको प्रतिरोध गर्दा १९ जनाको ज्यान जानुका साथै ५५ जना घाइते भएका छन् । लुटपाटको प्रयासमा कराँचीमा १९ जना नागरिकको ज्यान जानुमा सशस्त्र लुटेराहरू जिम्मेवार रहेको एक प्रहरी अधिकारीले बताएका पाकिस्तानको एआरवाई न्युजले जनाएको छ ।

यस वर्षको अहिलेसम्ममा कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको ज्यान जानुका साथै दुई सय जनाभन्दा बढी घाइते भएका खबरमा उल्लेख छ । नागरिक–प्रहरी सम्पर्क समिति (सीपीएलसी) को एक प्रतिवेदनअनुसार सन् २०२४ को पहिलो तीन महिनामा तीन सय ७३ कार, १५ हजार नौ सय ६८ मोटरसाइकल र छ हजार एक सय दुई मोबाइल फोन चोरी वा लुटपाट भएको छ ।

कराँचीका प्रहरी प्रमुख, अतिरिक्त महानिरीक्षक इमरान याकुबले अपराधको ठूलो हिस्सामा भित्री सिन्ध र बलुचिस्तानका सहित बाहिरी व्यक्ति संलग्न रहेको बताउनुभएको एआरवाई न्युजले जनाएको छ । उहाँले रमजान र ईद–उल–फित्रको समयमा कराँचीमा झन्डै चार लाख ‘पेसेवर’ भिकारी र आपराधिक मनसाय भएका व्यक्ति भेला हुने गरेका जानकारी दिनुभयो ।

कराँची शहरमा दैनिक एक सय ६६ अपराधका घटना हुने गरेको र यो सङ्ख्या पाकिस्तानका अन्य प्रमुख शहरहरूको तुलनामा कम रहेको प्रहरीले बताएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर