२०८२ भदौ ७, शनिवार , ०७:४४:१३ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली ओलाङचुङगोलामा, स्थानीयसँग संवाद

बिहिवार, चैत २९, २०८०

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल–चीन सिमाना ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् ।

पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला पुगेका हुन् ।

अध्यक्ष ओली फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा सवारीसाधन पुगेको खुसीयिली मनाउन र सदरमुकाम फुङलिङमा पार्टी कार्यालयको उद्घाटन गर्न गएका हुन्।

३२ सय मिटर उचाइको सो बस्तीमा दुई दिन अगाडि अर्थात् मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेको हो।

अध्यक्ष ओलीले तिब्बतसँग जोडिएको नेपालको पूर्वी हिमाली नाका ताप्लेजुङको ओलाङचुङगोलाका स्थानीयसँग अन्तरक्रिया पनि गरेका छन् ।

सो स्थानको वस्तुस्थिति बुझ्न बिहीबार ओलाङचुङगोला पुगेका अध्यक्ष ओलीले स्थानीय बासिन्दासँग त्यहाँका समस्या एवम् सम्भावनाका विषयमा संवाद गरेको जनाइएको छ ।

बस्तीका बासिन्दा र अध्यक्ष ओलीले यातायातका साधन पुर्याउने, ट्र्याक पुर्याउने निर्माण कम्पनीका ठेकदार पेम्बा शेर्पा, राजीव लामिछाने, चालक लगायतलाई सम्मान पनि गर्नेछन्।

ओलाङचुङगोलाबाट फर्किएपछि ओलीले सदरमुकाममा रहेको पार्टी कार्यालयको उद्धघाटन गर्ने जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेवेले बताउए ।

सम्बन्धित खबर