२०८२ पौष २८ सोमवार , १०:५१:५२ बजे

Sajhamanch
'

पाँच प्रदेशका पहाडी भेगमा आज वर्षाको सम्भावना

बिहिवार, चैत २९, २०८०

काठमाडौं ।  पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो।बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२