२०८१ असोज ३, बिहिवार , ०२:४५:२६ बजे

Sajhamanch
'

इतिहास बनेको संसारकै ठूलो चस्मा संग्रहालय

बुधवार, चैत २८, २०८०

जापानको राजधानी टोकियोस्थित मिनामी इकेबुकुरोको हिगासी डोरी सपिंग स्ट्रिटमा रहेको चस्मा संग्रहालय सोसल मिडियामा सर्वाधिक चर्चित ठाउँ थियो । कुनैबेला सामान्य गोदामघरको रहेको सो ठाउँ समयक्रममा यसका संस्थापक तथा मालिक युटाका टाकेइको पथ प्रदर्शनमा चस्मा विश्वकेन्द्र जस्तै बन्यो ।चस्मा म्युजिमको सबैभन्दा चर्चित चिज भनेको एउटा भीमकाय धातुको फ्रेममा राखिएका हजारौं रंगीन चस्माको दृश्य थियो । यसको उद्देश्य नै मानिसहरुको ध्यानाकर्षित गर्नु थियो र त्यसमा यो सफल पनि भयो र इकेबुकुरोको प्रमुख पर्यटकीय आकर्षण बन्न सफल भयो ।

युटाका टाकेइले जब पहिलोपटक त्यहाँ पसल खोले, उनले विभिन्न किराना बस्तुको होलसेलरको रुपमा थिए । तर, अन्य व्यापारीहरुले सिधै उत्पादकसँग सामानहरु खरिद गर्न थालेपछि होलसेल व्यापारमा पनि नाफा हुन छाड्यो । त्यसले उनले आफ्नो व्यवसायमा पुनःअन्वेषण गर्नुपर्ने भयो । उनले चस्मातर्फ ध्यान केन्द्रित गर्न थाले । त्यसपछि उनले हजारौं चस्मासहितको आफ्नो पसललाई चस्मा संग्रहालयको रुपमा विकास गरे र त्यसको मार्केटिङ, तथा सजावटमा मोटो रकम खर्च गरे । साथै उनले आफ्नो उक्त चस्मा पसलमा पर्यटक ल्याउनका लागि टूर अपरेटरहरुसँग सम्झौता पनि गरे ।पसलको भित्र तथा बाहिर लाखौं आइग्यलास तथा सनग्लासको सजावटका अलावा सो चश्मा संग्रहालय निकै कम मूल्यमा चस्मा पाइने ठाउँको रुपमा पनि लोकप्रिय थियो, जहाँ विभिन्न ब्राण्डका चस्माहरु ३ सय येन अर्थात् करिब २ डलर मूल्यमा पाइन्थे ।

उनले छुटसहितका सामानहरु ठूलो परिमाणमा किनेर त्यसरी कम मूल्यमा बिक्री गर्न समर्थ हुन्थे ।उक्त चस्मा संग्राहलयको भित्तामा दशौ् हजार चश्माहरु राखिएका मात्र होइन पसलमा १ लाख २० हजार चस्माको संग्रह जुनसुकै बेला हुन्थ्यो ।

तर त्यो चस्मा संग्रह इतिहासको पानामा सीमित हुन बेर लागेन । ५० वर्षसम्मको धमाकेदार व्यापार तथा चर्चापछि सन् २०२२ को मार्चमा युटाका टाकेइले उक्त चस्मा पसल बन्द गरको घोषणा गरे ।संग्रहालयकै रुपमा रहेको सो चस्मा पसल बन्द गर्नुपर्नाका विभिन्न कारण थिए । यसका मालिक टाकेइ ७६ वर्षका भएका थिए र चस्मा पसल गरिराख्ने जोस जाँगर तथा कामको चाप थाम्ने सामर्थ्य उनमा रहेन ।

पसल बन्द हुनुमा कोभिड १९ को लकडाउनले पनि काम गर्‍यो । साथै चस्माको घट्दो मूल्यका कारण नाफामा उच्च गिरावट आउँदा पसलको सञ्चालन जटिल बन्यो ।

सम्बन्धित खबर