२०८१ पौष ३, बुधवार , ०९:५९:४४ बजे

Sajhamanch
'

सरकारविरुद्ध नेविसंघको प्रदर्शन, ६ जना नियन्त्रणमा

आइतवार, चैत २५, २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागसहित नेविसंघले प्रदर्शन गर्दै आएको छ । कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेको छ ।