२०८१ माघ ११, शुक्रवार , ०१:२८:५८ बजे

Sajhamanch
'

सम्भावित आक्रमणबाट जोगिन इजरायलका विभिन्न क्षेत्रमा जीपीएस प्रणाली अवरुद्ध

शुक्रवार, चैत २३, २०८०

इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला स्वरुप त्यहाँ आक्रमण तीव्र पार्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर प्रणाली अवरुद्ध गरेको बताइएको छ ।सोमवारको आक्रमणमा इरानका एक वरिष्ठ जनरल सहित १३ जनाको ज्यान गएको थियो । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले लडाई इकाइमा काम गर्ने सेनाको लागि सबै बिदा रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ । इजरायली अधिकारीहरूले आज मुस्लिम पवित्र महिना रमादानको अन्तिम शुक्रवार इरानले कडा कारबाही गर्ने आशंका गरेर सुरक्षा व्यवस्था बलियो बनाईरहेको खबरमा उल्लेख छ ।

इरानमा यस दिनमा प्रायः प्यालेस्टिनी समर्थक र इजरायल विरोधी प्रदर्शन भएको पाइन्छ । त्यसैले हिजैदेखि इजरायलको मध्य भागमा जीपीएस प्रणाली अवरुद्ध गरेर इरानलाई विष्फोटक पदार्थ तथा हतियार सेट गर्न असफल बनाउने प्रयास भएको खबरमा उल्लेख छ ।युद्धग्रस्त प्रमुख सहरहरु तेल अवीव र जेरुसेलमका नागरिकले स्थान देखाउने एप्लिकेसनहरु प्रयोगमा समस्या आइरहेको बताएका छन् ।एजेन्सी

सम्बन्धित खबर