२०८१ फागुन १३, मङ्गलवार , १२:४३:४१ बजे

Sajhamanch
'

इजलासमै शंकास्पद वस्तु खाएको देखेपछि न्यायाधीश पत्नी आरतीलाई वीर अस्पताल लगियो

बुधवार, चैत २१, २०८०

काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल पठाइएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला आरतीले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् । त्यसपछि उनलाई वीर अस्पताल पठाइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।

‘इजलासमै शंकास्पद वस्तु पिएको पाइएपछि उनलाई अहिले वीर अस्पताल पठाएका छौं । के पिएको हो भन्न अहिले खुलिसकेको छैन’ घिमिरेले जानका।ी दिएका हुन् ।

आरतीले श्रीमान विरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।

काठमाडौंको सामाखुसीमा पनि आफू माथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमान विरुद्ध जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेश विरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दाको सुनुवाइ हुने क्रममा इजलासमै उनले शंकास्पद वस्तु सेवन गरेको पाइएको हो ।

सम्बन्धित खबर