
भारतको महाराष्ट्र राज्यमा पर्ने सम्भाजीनगरमा रहेको एउटा कपडा पसलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । छत्रपति सम्भाजीनगरमा रहेको एक कपडा पसलमा आज बिहान आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
प्रारम्भिक विवरणअनुसार आगो भवनको दोस्रो तलामा पुग्नुअघि नै निभाएको भए पनि दोस्रो तलामा रहेका सात जनाको धुवाँले निसासिएका कारण ज्यान गएको पाइएको र थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।