२०८१ पौष २५, बिहिवार , १०:४७:३१ बजे

Sajhamanch
'

ताइवानमा गएको भूकम्पमा अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि

बुधवार, चैत २१, २०८०

ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको छ ।

ताइवानका राष्ट्रपति साइ इङ वेनले भूकम्पपछि सेनाले तत्काल उद्धारको काम थालेको बताउनुभयो । आपत्कालीन अवस्थामा ताइवानलाई आवश्यक सहयोगका लागि चीनले समेत पहल गरेको बीबीसीले जनाएको छ ।

यसैबीच भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ ।

सम्बन्धित खबर