२०८१ असोज ३, बिहिवार , ०९:०४:५० बजे

Sajhamanch
'

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

बुधवार, चैत २१, २०८०

काठमाडौं । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुभयो ।

मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उहाँको भनाई छ । निर्देशक डा बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताउनुभयो । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन उहाँको सुझाव छ ।

सम्बन्धित खबर