![](https://sajhamanch.com/wp-content/uploads/2024/02/1-antinio_gutteruss_EulEiKCHrG.webp)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्।अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेसले पृथ्वीको खतरनाक अवस्थाबारे राय व्यक्त गरेका हुन्।
‘मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ’, उनले भने।उनले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भने, ‘अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ। मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ।’
महासचिव गुटेरेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गरे।यो संकटसँग जुध्न संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बहुआयामिक दृष्टिकोणको खाका प्रस्तुत गरेका छन्। ‘व्यवसायहरूले फजुल ‘प्याकेजिङ’ कम गर्न र दीर्घायु र जीवनचक्रलाई अधिकतम गर्न आफ्ना उत्पादनहरूमा पुनर्विचार गर्नुपर्दछ’, दिगो उत्पादन अभ्यासहरूतर्फ परिवर्तन गर्न आग्रह गदै उनले भने।उपभोक्ताहरूलाई ‘आफूले किनेका सामान र उत्पादनहरूको बारेमा दुई पटक सोच्न र सम्भव भएसम्म रिसाइकल वा पुनः प्रयोग गर्न’ पनि आग्रह गरिएको छ। एजेन्सी