
झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको ११ औँ अधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केही पदहरु मा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भई निर्विरोध भएको छ।
निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार जिल्ला कमिटीको अध्यक्षमा प्रेमबहादुर गिरीको मात्र उम्मेदवारी दर्ता भएको छ। यसैगरी उपाध्यक्षमा शिवकुमार ढुंगेलको मात्र उम्मेदवारी दर्ता भएको छ। सचिव एकजनाका लागि तुलसी कार्की र बोधप्रसाद घिमिरेले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी एक महिला उपसचिवका लागि अनिता कन्दङवाको मात्र उम्मेदवारी दर्ता भएको छ भने एकजना पुरुष उपसचिवका लागि असारु राजवंशी र चन्द्र सुब्बाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला कमिटीको सदस्य पदमा हल खुल्लाबाट छानिनुपर्ने ८ जनाको लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् भने महिला चार जनाको लागि नौ जना, युवा खुल्ला दुई जनाको लागि छ जना र युवा महिला एकजनाको लागि एक जनाको मात्रै मनोनयन दर्ता भएको छ। सूचना अनुसार युवा महिला पदमा उम्मेदवारी दिने ले निर्विरोध निर्वाचित भएकी छन् ।
पालिका क्लस्टर अन्तर्गत कमल गाउँपालिकाको कोटामा पर्ने जिल्ला सदस्य सङ्ख्या सातजना रहेको छ । सोमध्ये खुल्ला भूगोलबाट चार पदका लागि ८ जना को मनोनयन दर्ता भएको छ भने महिला दुई जनाका लागि निर्विरोध दुईजना र युवा एकजनाका लागि तीन जनाको मनोनयन दर्ता भएको छ।
पालिका क्लस्टर अन्तर्गत बाह्रदशी गाउँपालिकाले पाँचजना सदस्य पाएकोमा खुल्ला भूगोल दुईजनाको लागि चारजना को मनोनयन परेको छ। सो पालिकाबाट महिला दुईजनाको लागि दुई जना र युवा एकजनाको लागि एकजनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
झापा गाउँपालिकाको लागि ५ जना सदस्य कोटा रहेकोमा खुल्ला भूगोलमा दुईजना महिला दुईजना मा एकजना मात्र र युवा एकजनामा एकजना मात्र उ मनोनयन दर्ता भएको छ।
कचनकवल गाउँपालिकाका लागि पाँचजना जिल्ला सदस्यको कोटा रहेकोमा खुल्ला भूगोल दुई जनाका लागि दुईवटा मनोनयन दर्ता भएको छ भने महिला दुई जनाका लागि दुई जना र युवा एक जनाका लागि एक जनाले मात्र मनोनयन दर्ता गरी पालिकालाई निर्विरोध निर्वाचित गर्न सफल भएको छ ।
यसैगरी शिवशताक्षी नगरपालिका का लागि छुट्याइएको ११ जना जिल्ला सदस्यको लागि हल खुल्ला छ जनाको लागि १३ वटा मनोनयन परेको छ। महिला तीनजनाको लागि ७ जनाको नाम दर्ता भएको छ। भने युवा अन्तर्गत पुरुष क्लस्टरका लागि एक जनाको ठाउँमा दुईवटा र महिला क्लस्टरका लागि एक जनाको ठाउँमा दुईवटा मनोनयन दर्ता भएको छ ।
गौरादह नगरपालिकाको लागि जिल्ला कमिटी सदस्य ८ जनाको कोटा निर्धारण गरिएकोमा खुल्ला ४ जनाका लागि चारवटा मनोनयन महिला ३ जनाको लागि तीनवटा मनोनयन र युवा एकजनाका लागि दुईवटा मनोनयन पत्र दर्ता भएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकाको लागि १० जना जिल्ला सदस्य आउने व्यवस्था भए अनुसार खुल्ला भूगोल ५ जनाका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन्। यस्तै महिला तीनजनाका लागि सात जनाले, युवा पुरुष एकजनाका लागि तीनजनाले र महिला एकजनाका लागि एकजनाको मात्रै मनोनयन दर्ता भएको छ।
भद्रपुर नगरपालिकाका लागि जिल्ला कमिटी सदस्यमा ७ जनाको कोटा निर्धारण गरेर उम्मेदवारी दर्ता गर्दा खुल्ला चार जनाको लागि ९ जनाको मनोनयन दर्ता भएको छ। यस्तै महिला दुई जनाको लागि चार जनाको र युवा एक जनाको लागि दुई जनाको मनोनयन पत्र दर्ता भएको निर्वाचन समितिद्वारा प्रकाशित नामावलीमा उल्लेख छ।
कन्काई नगरपालिकाको लागि ७ जना जिल्ला सदस्य छुट्याइएकोमा खुल्ला चारको लागि नौ जना महिला २ को लागि दुई जना र युवा एकको लागि तीन जनाले मनोनयन दर्ता गरेका छन्।
यसैगरी दमक नगरपालिकाको लागि १० जनाको कोटा निर्धारण गरिएको छ। जस अनुसार हल खुल्ला५ जनाको लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् भने महिला तीनजनाको लागि छ जनाले नाम दर्ता गराएका छन्। युवा खुला एक पदको लागि तीन जनाको मनोनयन परेको छ। भने युवा महिला एक जनाको लागि दुई जनाको मनोनयन दर्ता भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको लागि चारजना सदस्यको कोटा छुट्याइएको छ। जस अनुसार खुल्ला दुई जनाको लागि दुई जना महिला एकजनाको लागि एकजना र युवा एकजनाको लागि एक जनाको मात्रै मनोनयन पत्र दर्ता भएकोले सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको देखिन्छ ।
यसैगरी बिर्तामोड नगरपालिकाको लागि १० जना जिल्ला सदस्यको कोटा राखिएकोमा खुल्ला पाँच जनाको लागि २२ जना महिला तीनजनाको लागि ९ जना पुरुष युवा एकजनाको लागि एकजना र महिला युवा एकजनाको लागि दुई जनाको मनोनयन दर्ता भएको छ।
मेचीनगर नगरपालिकाले ११ जना जिल्ला सदस्यको कोटा पाएको छ। जस अनुसार खुल्ला सदस्य पदमा ६ जनाको लागि १५ जनाको मनोनयन पत्र दर्ता भएको छ। यस्तै महिला तीनजनाको लागि चारवटा युवा खुल्ला एक जनाको लागि तीनवटा र युवा महिला एकजनाको लागि एकवटा मात्रै मनोनयन पत्र दर्ता भएको छ।
तालिका क्लस्टर अन्तर्गत हल्दीबारी गाउँपालिकाका लागि ४ जना जिल्ला सदस्यको कोटा निर्धारण गरिएको छ। जसमा खुल्ला दुईजना सदस्यको लागि पाँचवटा महिला एक जनाको लागि तीनवटा र युवा एकजनाका लागि दुईवटा मनोनयन पत्र दर्ता भएको छ।
यसैगरी बुद्धशान्ति गाउँपालिकाले प्राप्त गरेको छ जना जिल्ला सदस्यको कोटा अनुसार खुल्ला तीनजनाको लागि तीनवटा महिला दुईजनाको लागि दुईवटा मनोनयन पत्र दर्ता हुँदा उनीहरु निर्विरोध निर्वाचित भएका छन् । तर युवा एकजनाको लागि दुईजनाको मनोनयन पत्र दर्ता भएको छ।
समावेशी क्षेत्र अन्तर्गत दलित खुला तीनजनाको लागि १६ जना दलित महिला दुईजनाको लागि ७ जना आदिवासी जनजाति खुला तीन जनाको लागि १० जना आदिवासी जनजाति महिला दुई जनाको लागि छ जनाको मनोनयन पत्र दर्ता भएको छ।
यसैगरी मधेसी खुल्ला एकजनाको लागि दुई जनाको मुस्लिम खुल्ला एकजनाको लागि एकजनाको सिमान्तकृत दुई जनाको लागि ७ जनाको मजदुर खुल्ला ३ जनाको लागि ७ जनाको र मजदुर महिला दुई जनाको लागि एक जनाको मात्रै मनोनयन दर्ता भएको छ। जिल्ला कमिटी सदस्य पदमा अपाङ्गता खुल्ला एक जना सदस्यको लागि दुईवटा मनोनयन पत्र दर्ता भएका छन् ।
जिल्ला कमिटीको कामको मूल्याङ्कन र निगरानी गर्ने एवं लेखा पारदर्शिता अपनाउन नियामकीय भूमिका खेल्ने लेखा कमिटी ७ जनाको रहेको छ। जस अन्तर्गत एकजना अध्यक्षका लागि तीन जनाको एकजना उपाध्यक्षको लागि दुई जनाको एकजना सचिवको लागि दुई जनाको तीन जना खुल्ला सदस्यको लागि र एकजना महिला सदस्यको लागि छ जनाको मनोनयन दर्ता भएको छ।
समग्रमा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय स्थानमा निर्विरोध निर्वाचित हुन लागेको देखिन्छ भने कतिपय पदहरूमा तीव्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ । निर्वाचन समितिका अनुसार आज अपरान्नसम्म उम्मेदवारहरूबीच सहमति गरी उम्मेदवारी मनोनयन फिर्ता लिएर सर्वसहमतिको प्रयास गरिनेछ। सर्वसम्मति नभएका पदहरूमा भोलि १९ गते बिहान जिल्ला पार्टी कार्यालयमा मतदान गरी निर्वाचन प्रक्रिया पूरा गर्ने जनाइएको छ ।