२०८१ पौष २४, बुधवार , ०२:४३:५६ बजे

Sajhamanch
'

इजरायली प्रधानमन्त्री गाजामा ‘युद्धविराम वार्ता’ गर्न सहमत

शनिवार, चैत १७, २०८०

गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सहमति जनाएका छन्।हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिनपछि शुक्रबार नेतन्याहूले वार्ताका लागि सहमति जनाएका हुन्।नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी थियो।

इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको छ।हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो आदेशमा भनेको छ, ‘गाजामा प्यालेस्टाइनीहरूले अब भोकमरीको सामना गर्नुपरेको छ।’प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेखेका छन्, ‘यो फैसलाले गाजापट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ।’

अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो।आईसीजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल(शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ।हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर कैयौँ व्यक्तिको मृत्यु भएको जनाएको छ। दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ। एजेन्सी

सम्बन्धित खबर