
झापा । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको बन्दसत्र अहिले १२:३० बाट सुरु भएको छ ।
बन्द सत्र सञ्चालनका लागि पार्टीका पोलिटब्युरो सदस्य तथा झापाका इन्चार्ज बिशाल भट्टराईको अध्यक्षतामा ११ सदस्यसीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
अध्यक्ष मण्डलमा पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय कमिटिका सदस्यहरु दिपक कार्की, रोमनाथ औली, रविन कोइराला,मेनुका काफ्ले, केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेर, प्रदेश उपसचिव जलवर्षा राजवंशी र देवान राई तथा प्रदेशका पूर्व सचिव चिन्तन पाठक र पूर्व सदस्य हिरा थापा रहेका छन् ।
यसैगरी माइन्युट लेखनमा प्रदेश लेखा परीक्षण कमिटीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा ४ सदस्यीय समिति, बहसनाेट लेखनमा केन्द्रीय सदस्य गीता अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति प्रस्ताव गरी पारित गरिएको छ ।
अधिवेशनको अनुगमनका लागि स्थायी कमिटीका सदस्य अग्निप्रसाद खरेल, शेरधन राई, हिक्मत कार्की र पाेलिटब्युरो सदस्य जितु गौतमलाई जिम्मेवारी दिइएको छ ।
अहिले जिल्ला पार्टीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरी राजनीतिक तथा सांगठनिक प्रतिवेदन बाचन गरिरहेका छन् ।