२०८१ पौष २६, शुक्रवार , १०:३७:४७ बजे

Sajhamanch
'

अमेरिकामा पुलमा पानीजहाज ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका

बुधवार, चैत १४, २०८०

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

कन्टेनर बोकेको पानीजहाज ठोक्किँदा मंगलबार बिहानै २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की ब्रिज पुल भत्किएको थियो ।

पुल भत्किँदा मर्मतको काम गरिरहेका आठ कामदार नदीमा खसेका थिए । तीमध्ये दुईजनाको उद्धार भएको थियो भने ६ जना लामो समयसम्म फेला नपर्दा मृत्युको आशंका गरिएको हो ।

अहिले अधिकारीहरूले उद्धारको प्रयास रोकेर डाटा रेकर्डर खोज्न जहाजमा चढ्ने तयारी गरेका छन् । डाली नामक कन्टेनर पानीजहाजले पावर अथवा शक्ति गुमाएपछि पटापस्को पुलमा ठोक्किएको थियो ।
दुर्घटना हुनुअघि जहाजले आपत्कालीन फोन गरेको थियो । मार्ग परिवर्तन गर्न जहाज तीव्र गतिमा थियो । यो घटनापछि अमेरिकी आपूर्ति श्रृंखलामा केही असर पर्ने आँकलन गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुल पुनर्निर्माणको सम्पूर्ण खर्च अमेरिकी सरकारले बेहोर्ने बताएका छन् ।

सम्बन्धित खबर