काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको छ ।
पाकिस्तानस्थित चिनियाँ दूतावासका अनुसार आक्रमण दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले आक्रमण गरेको दूतावासले जनाएको छ ।
साङ्ला क्षेत्रमा भएको घटनाको अनुसन्धानका लागि उक्त इलाकालाई घेराबन्दी गरिएको छ ।