
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैङ्गलोरले पहिलो जित हात पारेको छ।
गयराति बैङ्गलोरस्थित एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा विराट कोहली नायक बन्दा पञ्जाब किङ्ग्समाथि बैङ्गलोरले ४ विकेटको जित हात पार्यो।
१७७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको फाफ डु प्लेसिसको बैङ्गलोरले निर्धारित ओभरमा ४ बल बाँकी छदै ६ विकेटको क्षतिमा जित हासिल गर्यो।
बैङ्गलोरलाई जित दिलाउन ओपनर ब्याट्सम्यान कोहलीले सानदार ७७ रनको पारी खेले भने कार्तिक आर्यनले जोडेको २८ रन खेलका लागि वरदान सावित भयो।
टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको शिखर धवनको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। पञ्जाबका कप्तान धवनले ४५ रन जोड्दा जितेश शर्माले २७, प्रभसीम्रन सिंहले २५ र स्याम क्युरनले २३ रन जोडेका थिए।