२०८१ माघ १०, बिहिवार , ०३:०१:०० बजे

Sajhamanch
'

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदद्वारा पहिलोपटक गाजामा युद्धविरामको माग

मङ्गलवार, चैत १३, २०८०

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक गाजामा युद्धविरामको माग गरेको छ । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने यस प्रस्तावमा भएको मतदानमा भाग लिएको छैन ।

चीनले हिजो गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी गराएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । यो प्रस्ताव तयार गर्न चीनलाई अल्जेरिया र अन्य अरब देशहरूले सघाएका खबरमा उल्लेख छ ।गएको अक्टोबर ७ मा इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली हमलामा अहिलेसम्म ३२ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।यसैबीच, संयुक्त राष्ट्रसङ्घको युद्धविरामको प्रस्तावपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । एजेन्सी

सम्बन्धित खबर