२०८२ जेठ ८, बुधवार , ०८:१७:३६ बजे

Sajhamanch
'

एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट मा ‘होली स्पेसल अफर’

सोमवार, चैत १२, २०८०

बिर्तामोड । रंगहरुको पर्व होलीको अवसरमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट बिर्तामोडले ‘होली स्पेसल अफर’ ल्याएको छ ।

हालैदेखि सञ्चालनमा ल्याइएको मार्टले हरेक सामानको खरिदमा २० प्रतिशत छुटका साथै एक हजार रुपैयाँसम्मको खरिदमा एक केजी चिनी सित्तैमा दिने भएको हो ।

बिर्तामोडस्थित विशाल बजार भित्र रहेको मार्टले योसंगै विभिन्न उपहार योजना ल्याएको मार्टका सञ्चालक चाँद मोहम्मद हुसेनले बताए । सागसब्जीसहित दैनिक उपभोग्य बस्तुदेखि लत्ता कपडासम्मको खरिदमा यो योजना लागू हुने सञ्चालन मोहमदको भनाई छ ।

चारवर्ष अघि दक्षिणी झापाको राजगढमा विश्वस्तरीय सेवा सहितको एभरेष्ट सस्तो बजार, एभरेष्ट हाइपर मार्केट सञ्चालन गर्दै सेवा विस्तारका क्रममा बिर्तामोडमा खोलिएको एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले बिर्तामोडसहित आसपासका उपभोक्तालाई लक्षित ‘होली स्पेसल अफर’ सञ्चालनमा ल्याएको उनको भनाई छ ।

झण्डै पाँच करोड रुपैयाँ लागतमा सञ्चालनमा ल्याइएको मार्टले अहिले उपभोक्ताका लागि सबै प्रकारका सामग्री एउटै छानामुनी सरल र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । ‘होली स्पेसल अफर’मा मार्टले दैनिक घरायसी उपभोग्य सामग्रीदेखि लत्ताकपडासम्ममा विशेष छुट योजना सञ्चालन गरेको हो । हरेक सामग्री खरिदमा ग्राहकलाई बजारमूल्य भन्दा कममा सामान उपलब्ध गराउने बताइएको छ ।

‘होली स्पेसल अफर’संगै मार्टले होली पर्वलाई थप स्पेसल बनाउन साङ्गीतीक कार्यक्रम सञ्चालन गर्ने पनि जनाइएको छ । होलीको रमझमसंगै ‘होली स्पेसल अफर’मा सहभागी बनेर कुनैपनि सामग्री सहज रुपमा खरिद गर्न सकिने सञ्चालक मोहम्मदको भनाई छ ।

साङ्गीतीक कार्यक्रममा गायक राम लिम्बूसहितका कलाकारको प्रस्तुति रहने उनको भनाई छ ।

दुबई र साउदी अरबमा मोहम्मदले १८ वर्ष मार्केटिङको काम गरेर व्यवसायिक दक्षता हाँसिल गरेका छन् । उनले विश्व प्रशिद्ध लुलु हाइपर मार्केटमा जनरल मेनेजरको काम छाडेर आफ्नै जन्मथलोमा व्यवसाय शुरु गरेका हुन् । विदेशको अनुभवलाई आफ्नो गाउँ राजगढसंगै बिर्तामोडमा गरेर देखाउन उनी जुटेका हुन् ।

कोरोना पछि व्यवसाय शिथिल छ । तर, चाँदले २० जनाभन्दा बढी युवालाई रोजगारी दिँदै विशाल बजार भित्रका २४ वटा सटरलाई खरिद गरेर मार्ट सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित खबर