२०८१ पौष २०, शनिवार , ०८:४४:५४ बजे

Sajhamanch
'

आजको मौसम

सोमवार, चैत १२, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहाज देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा सुरु भएको छ ।

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खबर