२०८१ असोज ३, बिहिवार , ०६:५०:५४ बजे

Sajhamanch
'

बुद्धशान्तिका पारस तामाङको लेकाली डोल्मो म्यूजिक भिडियो सार्वजनिक

शनिवार, चैत १०, २०८०

झापा । रोजगारीको लागि इजरायलमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्यूजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त म्यूजिक भिडियो यतिबेला चर्चामा छ ।

झापाली समाज इजरायलका साँकृतिक विभाग प्रमुख, नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा साँस्कृतिक विभाग प्रमुख लगायतको जिम्मेवारीमा रहेका गायक घिसिङ झापाको बुद्धशान्ति ४, धर्ममार्गका स्थायी बासिन्दा हुन् ।

गीतको शब्द र संगीत विश्व दोङ तामाङको रहेको छ भने तामाङ सेलो भाकामा रहेको गीतको छायांकन काठमाडौंको स्वयम्भु लगायत विभिन्न ठाँउमा गरिएको हो ।

उक्त म्यूजिक भिडियोमा विश्व स्याङबो तामाङ, एलिसा घिसिङ तामाङ लगायतले अभिनय गरेका छन् भने प्रशान्त तामाङले निर्देशन गरेका छन् । पछिल्लो समयमा इजरायलका मञ्चहरुमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएका लामा सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् ।

वैदेशिक रोजगारीको क्रममा रहेर आफ्नो पेशा, जागिर, समाजसेवा, पारिवारिक कर्तब्य अनि ब्यस्तताका बीच पनि गायक पारस लामा इजरायलको नेपाली सांगीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गरिरहेको पाइन्छ ।

विभिन्न सामाजिक संस्थाबाट सम्मानितसमेत हुँदै आएका गायक तामाङको लेकाली डोल्मो पहिलो म्यूजिक भिडियो भने होइन । उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीत तथा म्यूजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित खबर