२०८१ पौष २४, बुधवार , १२:४२:४६ बजे

Sajhamanch
'

अमेरिकाको टेक्सस राज्यमा आप्रवासनबारेको विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश

बिहिवार, चैत ८, २०८०

संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावदेन अदालतले आप्रवासनसम्बन्धी टेक्सस राज्यको एउटा विवादास्पद कानुन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ’एसबीफोर’ नामक आप्रवासनसम्बन्धी कानुनको पुनरावेदन सकिएपछि त्यसलाई कार्यान्वयनमा लैजान बाटो खोलिदिएको थियो ।

त्यसको केही घण्टापछि पुनरावेदन अदालतको निर्णय आएको बीबीसीले जनाएको छ । यो कानुनलाई अहिलेसम्म अमेरिकी राज्यले बनाएको सबैभन्दा कठोर कानुन मानिन्छ । यस कानुनले टेक्सासका अधिकारीहरूलाई गैरकानुनी रूपमा देशमा प्रवेश गरेका जो कोहीलाई पक्राउ गर्न र मुद्दा चलाउन अनुमति दिनेछ ।

यसैबीच, टेक्ससका अधिकारीले देशनिकाला गरेका आप्रवासीलाई आफूले स्वीकार नगर्ने मेक्सिकोले जनाएको छ । जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाको दक्षिणी सीमामा आप्रवासीहरूको आगमन उच्च सङ्ख्याले बढेको खबरमा उल्लेख छ ।

आउँदो नोभेम्बर महिनाको राष्ट्रपतिय चुनावअघि आप्रवासन एउटा गम्भीर मुद्दा बनेको छ । आप्रवासन सम्बन्धी कानुन कहिले र कसरी लागू हुने वा नहुनेबारे कुनै टुङ्गो लागेको छैन । एजेन्सी

सम्बन्धित खबर