२०८२ जेठ २६, सोमवार , ०२:१५:५५ बजे

Sajhamanch
'

साझा न्यूनतम कार्यक्रम : भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाइने

मङ्गलवार, चैत ६, २०८०

काठमाडौं । सत्ता गठबन्धनले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोहीमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए ।

“कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने” उनले कार्यक्रमबारे सुनाए, “भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।”

त्यस्तै, पाँच दलीय गठबन्धनले साइबर सुरक्षा कायम गर्ने जनाएको छ । जलवायु परिर्वतनका सन्दर्भमा सगरमाथा संवाद आयोजना गरिने पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर