२०८१ पौष २८, आइतवार , ०६:३६:५८ बजे

Sajhamanch
'

बिर्तामोड १० मा दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तालिम प्रदान

सोमवार, चैत ५, २०८०

बिर्तामोड । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीन दिने तालिम आज सोमबार सम्पन्न भएको छ ।

नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नंं १० को आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष दूर्योधन गुरुङले आफूले नेतृत्व गरेको वडा छुवाछुत मुक्त रहेको बताए । उनले जात र थरकै आधारमा कसैले पनि आफूलाई कमजोर नठान्न सुझाव दिए ।

केही गर्न सक्छु भन्ने इच्छाशक्ति आफूभित्रै जागृत हुनुपर्नेमा जोड दिंदै वडाध्यक्ष गुरुङले सबैले समान रुपमा अघि बढ्न प्रयास गर्नुपर्नेमा बताए ।

नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले सहजीकरण गरेको सो तीन दिवसीय तालिममा सहभागीहरुका तर्फबाट बेबिका कार्कीडोली, युनिसा दर्नाल, मुना विक,र मनमाया नेपालीले तालिम उपलब्धीमूलक भएको प्रतिक्रिया दिंएका थिए । आगामी दिनमा पनि दलित महिलालाई अघि बढाउने प्रकृतिका कार्यक्रम ल्याउन उनीहरुको माग थियो ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडासदस्यहरु पृथ्वीबहादुर बस्नेत, धनमाया श्रेष्ठ, दिपिका शिवा, वडा महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर