
मेचीनगर । झापाको मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय स्तरमा नै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा मेचीनगर स्पोर्ट्स मेनिया २०८० पहिलो पटक सञ्चालन भएको हो ।
मेनियामा एथलेटिक्स तर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ । नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा १४ स्वर्णसहित मेचीनगर १० प्रथम भएको हो ।
प्रतियोगितामा ८ अंकसहित मेचीनगर ९ दोस्रो भएको छ । उसले २ स्वर्ण, ४ कास्य र २ रजत गरी जम्मा ८ वटा पदक प्राप्त गर्यो । त्यस्तै मेचीनगर ३ र १५ ले समान ११ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्यो । मेचीनगर ३ र १५ ले समान १ स्वर्ण, ६ कास्य र ४ रजत सहित ११ पदक प्राप्त गरेका छन् ।
मेचीनगर स्पोर्टस मेनिया २०८० मा एथलेटिक्ससहित फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, र बक्सिङका खेलहरू सञ्चालन भइरहेको मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।