२०८१ फागुन ११, आइतवार , ०६:१७:०५ बजे

Sajhamanch
'

वीरता लेडी जेसीजमा प्रभावकारी भाषण कला सम्बन्धी तालिम

शुक्रवार, चैत २, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजमा आवद्ध सदस्यहरुलाई बिहीबार प्रभावकारी सार्वजनिक भाषण कला सम्बन्धी एक दिनको तालिम दिइएको छ ।

सदस्यहरूको सीप तथा क्षमता विकास गरी प्रभावकारी भाषण कलामा निपूर्ण बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।

नेतृत्व विकासको एउटा अभिन्न अङ्गका रूपमा प्रभावकारी सार्वजनिक भाषण कलालाई लिइने भएकाले सोही अनुसार संस्थाका सदस्य र शुभेच्छुकहरूलाई तालिम दिइएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

तालिममा ३४ जना सहभागी भएका थिए । सहभागीलाई सञ्चार उद्यमी लीला अनमोलले तालिम दिएकी हुन् ।

तालिमका माध्यमबाट सदस्यहरूको वाक कलामा सुधार आउने, संस्थागत नेतृत्व तथा क्षमता विकासमा सहयोग पुग्ने र सामाजिक सबलीकरणमा सुधार हुने आयोजकको अपेक्षा छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रसाईंले भाषण कलाको अभ्यासले संस्थाका सदस्यहरूलाई सामाजिक संघ–संस्थाको नेतृत्वदायी भूमिकामा स्थापित हुन सहज हुने विश्वास व्यक्त गरेका थिए ।

तालिमको उद्देश्यका विषयमा निवर्तमान अध्यक्ष संगीता गिरीले प्रकाश पारेकी थिइन् भने सदस्य रश्मी सुवेदीले आस्थावाचन र उपाध्यक्ष अस्मिता कुरुम्वाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष क्लबका अध्यक्ष कञ्चना सिटौला लगायतको आतिथ्य थियो ।