काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए ।
तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
कबुवा पहिलो खेलमा नेपालविरुद्ध खेलेका थिएनन् । गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स अमिनबाट क्याच आउट भएपछि नेपाल ३७(४ को अवस्थामा पुगेको थियो ।
चाद सोपरको बलमा सन्दीप जोरा १७ रनमा बाउबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना कठिन बनेको थियो ।
लगातार ८ बल डटपछि दबाबमा हाबामा ब्याट उठाएका विवेक यादव १ रनमा क्याच आउट भए ।
पहिलो खेल नखेलेका चाद सोपर र एली नाओले पनि उत्कृष्ट बलिङ गरे । चाद सोपर र सेसे बाउले २(२ विकेट लिए । एली नाओले १ विकेट लिए ।