२०८२ जेठ १, बुधवार , ०७:४०:१० बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत : पक्षमा १५७ – विपक्षमा ११०

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

उनले आफूलाई प्रधानमन्त्री रहेर काम गर्न प्रतिनिधिसभाको विश्वास छ ? भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन् भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहेको संसद सचिवालयले जनाएको छ ।

बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

२१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिए ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले विपक्षमा मतदान गरेर सशक्त प्रतिपक्षको उपस्थिति देखाएका छन् ।

सम्बन्धित खबर