२०८१ माघ १३, आइतवार , ०९:३९:३२ बजे

Sajhamanch
'

एनएमसीको बिर्ताअर्जुन क्षेत्रका महिलालाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम

मङ्गलवार, फागुन २९, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगत महिला सशक्तिकरण उपसमितिले विर्ताअर्जुन क्षेत्र अन्तर्गतका उपसमितिमा रहेका महिला पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम दिएको छ ।

बिर्तामोड सहकारी पसलको सभाहलमा फागुन २६ गतेदेखि २८ गतेसम्म क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।

उपसमितिका संयोजक कविता पौडेलले दिएको जानकारी अनुसार संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीको प्रमुख सहजीकरणमा तालिम सञ्चालन गरिएको हो ।

यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले पहिलो दिन, सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले दोस्रो दिन र लेखा सुपरिवेक्षण समितिका संयोजक रचना दाहालले तेस्रो दिन उत्प्रेरणामुलक तालिम प्रदान गरेका थिए ।

तीन दिवसीय सो क्षमता अभिवृद्धि तथा उद्घोषण तालिममा सहभागी महिलाहरुले तालिमबाट आफूहरुमा नयाँ शक्ति आर्जन भएको बताएका थिए ।

महिला शसक्तिकरण उपसमितिका संयोजक कविता पौडेलको अध्यक्षतामा सञ्चालित सो तालिम कार्यक्रमको सञ्चालन सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।