
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको जनाएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन् ।
‘कानुनीे अपरिवर्तनीय होइन, समय आवश्यक्ता अनुसार परिवर्तन हुन्छ, उनले भने, कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ ।’
प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो तर आफू पदमा हुँदा त्यही कानुन ठीक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा वहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरे ।
उनले आफू प्रदेश सरकारमा रहुञ्जेल संविधानको अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाए । शहीदको रगतले लेखिएको संविधान विपरित सरकारको कुनैपनि काम नगर्ने उनले प्रतिवद्धता पनि जनाए ।