२०८२ साउन १७, शनिवार , १२:३३:४३ बजे

Sajhamanch
'

‘प्रचण्ड गठबन्धन’ मन्त्रिपरिषद : को-कसले सम्हाल्दैछन् कुन मन्त्रालय

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नयाँ गठबन्धनको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, माओवादी केन्द्र, रास्वपासहितको गठबन्धनबाट मन्त्रीहरुको नाम आएमा आजै साँझ मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले, रास्वपा, जसपासहितका दलहरुको नयाँ गठबन्धन बनाएर दुई दिन पहिले चार सदस्यीय मन्त्रीमण्डल बनाएका थिए ।

सोही अनुसार नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्री र वर्षमान पुनलाई अर्थमन्त्री बनाउने गरी प्रधानमन्त्रीलाई नामावली दिएको छ ।

यस्तै मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बन्ने जनाइएको छ ।

नेकपा एमालेले मन्त्रीहरुको नाम पनि टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको जनाइएको छ ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री हुनेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको जनाइएको छ । सो पार्टीबाट चार जना मन्त्री बन्नेछन् ।

रास्वपाले श्रम मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

यता नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । बताइए अनुसार सो पार्टीबाट दुईजना मन्त्री बन्नेछन् ।

सम्बन्धित खबर