२०८१ पौष २७, शनिवार , १०:२२:०१ बजे

Sajhamanch
'

एनएमसी बिर्तामोडद्वारा सेकेण्डरी लेभलको सहकारी शिक्षा प्रदान

शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई यो वर्षदेखि सेकेण्डरी लेभलको सहकारी शिक्षा प्रदान गर्न थालेको छ ।

सदस्यहरुलाई सहकारीका आधारभूत ज्ञान र संस्थाको बारेमा कार्यालय स्तरबाटै प्रारम्भिक शिक्षा दिएपछि कार्यविधि बमोजिक शिक्षा तथा तालिम उपसमितिको कार्यतालिकामा पुनः सेकेण्डरी लेभलको सहकारी शिक्षा प्रवाह गर्न थालिएको हो ।

उद्यमशीलतालाई मुख्य विषय बनाएर संस्थाले सदस्यहरुलाई स्वरोजगार बनाउने उद्देश्य राखेर तालिमको सूचि बनाइएको हो । सोही सूचि बमोजिक आज बिर्तामोड सेवा केन्द्र कार्यालयले पनि पहिलो तालिम सुरु गरेको छ ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको सहजीकरणमा सञ्चालित सेकेण्डरी लेभलको सदस्य शिक्षा कार्यक्रममा संस्थाको परिचयसहित हालको वित्तीय कारोबारको अवस्था बारे जानकारी दिइएको थियो । यसैगरी यसै वर्षदेखि पाठ्य सामग्रीका रुपमा समावेश गरिएको उद्यमशिलताका विषयमा पनि संयोजक बस्नेतले सदस्यहरुमाझ प्रकाश पारेका थिए ।

बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य सुमन रिमालले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सेवा केन्द्रका अपरेशन इन्चार्ज झलनाथ भट्टराईले गरेका थिए ।